१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

पुस्तकालयकर्मी अधिकारीले ल्याए ‘अनुभूति र अभिव्यक्ति’ आत्मकथा

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पूर्वप्रमुख इन्द्रप्रसाद अधिकारीले ‘अनुभूति र अभिव्यक्ति’ आत्मकथा प्रकाशनमा ल्याएका छन्।

झापा, बाहुनडाँगीमा घर भई काठमाडौँलाई कर्मथलो बनाउँदै आएका अधिकारीले नेपाल र भारतमा उच्च शिक्षा लिई तीन दशकभन्दा बढी समय एक पेशागत पुस्तकालयकर्मीको रूपमा कार्य गरी अवकाश प्राप्त गरेका हुन्। डेढ दर्जन बालसाहित्य पुस्तकका जन्मदाता अधिकारी डेढ सयभन्दा बढी विषंयगत लेखरचनाहरूका सर्जक पनि हुन्।

बाहिरी होहल्लाबाट सर्वथा निरपेक्ष रही सर्वसाधारण जनतालाई निःशुल्क सूचना र ज्ञान दिन सदैव ढोका खुला राख्ने पुस्तकालयलाई विकसित देशहरूमा “जनताको विश्वविद्यालय” पनि भन्ने गरिन्छ। अमेरिका जस्तो विकसित देशमा सरकारद्वारा नै सञ्चालन हुने यस्ता सार्वजनिक पुस्तकालयहरूमा त्यहाँका राष्ट्रपति स्वयं गई बालबालिकाहरूलाई कथावाचन गर्ने गरेको हामीले पढीसुनी आएका छौँ तर यहाँ हाम्रो देशमा सरकारले राम्रा सार्वजनिक पुस्तकालय स्थापना गर्ने गरेको छैन भने जनताद्वारा स्थापित पुस्तकालयहरू समेत धमाधम अतिक्रमण र तालाबन्दी हुँदै आएको तीतो यथार्थ छ।

अधिकारीले प्रस्तुत पुस्तकमा आफ्नो बाल्यकाल, शिक्षा, पेशागत अनुभव, सङ्घर्ष, योगदान र अरू विविध तीतामीठा वस्तुस्थितिहरूको परिदृश्य रोचक ढङ्गले पस्किएका छन्। ४० पृष्ठको रङ्गीन चित्रहरूसहित जम्मा १९६ पृष्ठको यो आत्मकथा पुस्तक सुन्दर स्वदेश प्रकाशन डिल्लीबजारले प्रकाशन गरेको हो।

प्रकाशित: १९ वैशाख २०८३ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App