११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

स्रष्टा वेदकुमारी न्यौपानेका ‘अलग’ कथासंग्रह तथा ‘बन्धन’ र ‘पछुतो’ उपन्यास लोकार्पण

साहित्यिक पत्रकार संघले स्रष्टा वेदकुमारी न्यौपानेको कथासंग्रह ‘अलग’ तथा ‘बन्धन’ र ‘पछुतो’ उपन्यासको लोकार्पण गरेकाे छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीकाे अध्यक्षता तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यकाे प्रमुख अतिथिमा कृतिकाे लाेकार्पण भएकाे हाे।

कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि केके कर्माचार्य, विशिष्ठ अतिथिहरू पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, गुञ्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ सर्जक हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, वरिष्ठ सङ्गीतकार प्रदीप बमजन, वरिष्ठ समालोचकहरू प्राडा गोविन्दमानसिंह कार्की, डा. शान्तिमाया गिरी लगायतले संयुक्त रूपमा कृतिहरूको लोकार्पण गरेका थिए।

वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवालले कृतिकार न्यौपानेको ‘अलग’ कथासंग्रहको समीक्षात्मक टिप्पणी गरेका थिए।

त्यस्तै वरिष्ठ समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले ‘बन्धन’ उपन्यासको र  र डा. शान्तिमाया गिरीले ‘पछुतो’ उपन्यासको समीक्षात्मक टिप्पणी गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि केके कर्माचार्य, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ठ अतिथिहरू दीपेन्द्र श्रेष्ठ, मदनदास श्रेष्ठ, प्राडा सुरेन्द्र केसी, हिरण्यकुमारी पाठक, साहित्यिक पत्रकार संघकी कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंह लगायतले मन्तव्य प्रस्तुत गरेका थिए।

कवि एवं पत्रकार यशोदा अधिकारीले सहजीकरण गरेको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी, साहित्यकारहरू गोपालप्रसाद थपलिया, पुरुषोत्तम दाहाल, शरद प्रधान, जयदेव भट्टराई, रामप्रसाद पन्त, डा. सावित्री श्रेष्ठ, प्रधुम्न जोशी, तुलसीहरि कोइराला लगायतकाे उपस्थिति रहेकाे थियाे।

त्यस्तै विजयध्वज थापा, मथुरा प्रधान, जयन्ता पोखरेल, उमेश पाण्डे, राजन न्यौपाने, जीवनाथ धमला, बालकृष्ण श्रेष्ठ पासा, लता केसी, डा. बुनु दाहाल, उषा केसी, तारा केसी, प्रमोद सारङ, भुवन मास्के मुस्कान, डी. आर. राई, गोपीकृष्ण प्रसाईं, भानुप्रकाश जोशी, राज रजक, मन भुजेल, अविकेशर ओली, केशवप्रसाद पराजुली, तुलसा पहाडी, लता चन्द, नीरा श्रेष्ठ लगायतको उपस्थिति थियो।

कृतिकार न्यौपानेका दुई दर्जन जति कथा, उपन्यास, नाटक, गीत, कविता, मुक्तक लगायतका कृति प्रकाशित छन्।

प्रकाशित: ९ कार्तिक २०८२ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App