२० पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

एउटै विषयबस्तुमा फेरि बन्दै ‘कन्यादान’

निर्देशक अर्जुन सुवेदीले नयाँ चलचित्र कन्यादान निर्माण गर्ने घोषणा गरेका छन् । विधवा महिलाको जीवनलाई केन्द्रमा राखेर निर्माण हुने चलचित्रमा विधवाले वर्षौदेखि भोगी रहेको दुःखकष्टलाई उतार्ने प्रयास गर्ने उनको भनाइ छ । पुरानो चलचित्र कन्यादनसँग विषयबस्तु मिलेपनि कथा भने फरक हुने दाबी सुवेदीको छ ।  

निर्देशक सुवेदीका अनुसार चलचित्रको सार ‘हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको छ । समाजका कडाई र परम्परागत मान्यतालाई चुनौति दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुन: वैवाहिक जीवन बाच्न सकिन्छ भन्ने यसको सन्देश रहने निर्देशक सुवेदीको भनाइ छ । प्रेम र जीवन जिउने अधिकार हरेक नागरिकको हुने भएकाले यो सामाजिक विषय हुने उनको भनाइ छ ।  

कुमार भट्टराई र अर्जुन सुवेदीले लेखेको यो चलचित्र अगामी वर्ष रिलिज हुने लक्ष्य लिएको छ । सुसन प्रजापतिको छायंकन रहने चलचित्रको संगीत प्रशान्त सिवाकोटीले दिनेछन् ।  

रेजिना बिष्ट प्रस्तुतकर्ता रहेको चलचित्रमा मार्टिन ओली कार्यकारी निर्माताको रुपमा छन् । निर्माण पक्षले पोस्टर पनि सार्वजनिक गरेको छ । यसमा रहेको तस्विर काल्पनिक रहेको छ । जसमा प्रश्न र  जिज्ञासा, आफ्नो अस्तिवको खोज, जीवनबारे प्रश्नको सङ्केत देखाईएको छ ।

प्रकाशित: १२ भाद्र २०८२ १६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App