२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

रिलिजअघि नै विवादमा जुनियर एनटीआरको ‘कार्तिकेय'

दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरको आगामी चलचित्र रिलिजअघि नै विवादमा परेको छ। उक्त चलचित्रमा भगवान् मुरुगन ‘कार्तिकेय’ लाई पोस्टरमा प्रस्तुत गरिएको तरिकाप्रति आपत्ति जनाउँदै चलचित्रमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।

उक्त विवाद चलचित्रको घोषणा गरिएपछि सुरु भएको हो। निर्माता नागा वामसीले सार्वजनिक गरेको पोस्टरमा उत्तरमा जन्म, दक्षिणमा पूजित भन्ने वाक्य प्रयोग गरिएको थियो। यही वाक्यलाई लिएर सीमनले भगवान मुरुगनको इतिहास र तमिल संस्कृतिलाई गलत रूपमा चित्रण गरिएको आरोप लगाएका छन्।

तमिलनाडु नेता सीमनले फिल्म निर्माण टोलीलाई कला र सिर्जनशीलताको नाममा इतिहासलाई तोडमोड नगर्न चेतावनी दिँदै त्यसो नगरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्। उनले तमिलनाडु सरकारसँग पनि फिल्मको तमिल र तेलुगु संस्करण प्रदर्शन गर्न अनुमति नदिन आग्रह गरेका छन्।

यद्यपि, चलचित्रका निर्माता तथा निर्देशक त्रिविक्रम श्रीनिवासले यस विवादबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। चलचित्रको निर्माण कार्य पनि अझै सुरु भएको छैन। चलचित्रको नाम भने ‘गड अफ वार’ राख्ने चर्चा छ।  

हालसम्म चलचित्रमाथि कुनै आधिकारिक प्रतिबन्ध लागेको छैन।

प्रकाशित: २२ असार २०८३ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App