७ असार २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

असार

कविता

ग्रीष्मका हावा अति नै चर्को, दिमाग नै ततायो,

एक झर्को पानीमै राहत, कविको हृदय रमायो।

दिनभरिको घाम चर्को, बोटविरूवा डढायो,

साँझमा बादलु मुस्कान शीतल पीपलु रमायो।

प्यासी शहरमा टुसुक्क बस्ने बटुवाको मनसुवा

ठूला महलका धुपीको बोट वरचौतारी बिर्सायो।

हरियो धानको बीउमा आशा ज्योति जगायो,

यही माटोमा मुरी फलाउने विश्वास दिलायो।

असारका दिन पूर्वी हावामा मनसुनको सन्देश

बादलका घेरा हाल्ने छाँट हेरी भ्यागुतो करायो।

मल र खाद विकासका बजेट भाषणले जनायो

जनमानसमा केही चर्चा चल्ने खुशियाली पठायो।

विषादीविहीन आँपक‍ो गेडा बाकसमा आउने

तराईको फाँटमा उखुको खेती कृषिले सजायो।

बजार भाउ बढेको बढ्यै भत्ताको आश्वासनमा

महँगी चेपो बजेट लीला अचम्म प्रक्रिया छनायो।

निन्याउरो अनुहार किसानका हातमा ठेला उठेका

शैक्षिक प्रमाणपत्रले लगानीमा ऋणभार दिलायो।

प्रकाशित: ७ असार २०८३ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App