इटालियन सिनेमाको स्वर्णिम युगकी प्रख्यात अभिनेत्री क्लाउडिया कार्डिनेलको ८७ वर्षको उमेरमा निधन भएको छ।
उनले चर्चित फिल्महरूमा अविस्मरणीय भूमिका निभाएकी थिइन्। सन् १९३८ मा ट्युनिसियामा जन्मिएकी कार्डिनेलले १६ वर्षको उमेरमा ट्युनिसकी सबैभन्दा सुन्दर इटालियन महिलाको उपाधि समेत जितेकी थिइन्। त्यसपछि उनलाई भेनिस फिल्म महोत्सवमा जाने मौका मिलेको थियो, त्यहाँबाट उनको फिल्मी करियरको सुरुवात भएको हो।
कार्डिनेलले सन् १९६३ मा फेडेरिको फेलिनीको ओस्कर विजेता फिल्म र लुचिनो भिस्कोन्टीको महाकाव्य द लेओपार्डमा अभिनय गरेपछि विश्वभर ख्याति कमाएकी थिइन्। आफ्नो करियरको सुरुवाती चरणमा उनले आफ्नो छोरा प्याट्रिकलाई सधैँ आफ्नो कान्छो भाइ भनेर चिनाउने गरेको अन्तराष्टिय संचारमाध्यमले उल्लेख गरेका थिए। आफ्नो करियरमा बाधा आउने डरले उनले यसो गरेको बताइन्छ। उनले यो कुरा सन् २०१७ मा फ्रान्सेली पत्रिकामालाई बताएकी थिइन्।
उनले १९६० को दशकमा हलिउडमा पनि काम गरेकी कार्डिनेलको द पिंक प्यान्थर र वन्स अपन अ टाइम इन द वेस्ट सफल फिल्महरू हुन्। आफ्नो जीवनकालमा उनले रक हडसनको समलैंगिकताको कुरा गोप्य राख्नका लागी हलिउडमा काम गर्दा अभिनेता हडसनसँग आफ्नो सम्बन्धको नाटक गर्नुपरेको समेत बताएकी थिइन्।
अभिनेत्री क्लाउडिया कार्डिनेल किशोरावस्थामा बलात्कारको सिकार हुँदा गर्भवती समेत भएकी थिइन्। उनले आफ्नो जीवन र कामबाट महिला र कलाकार दुवैका लागि एक अनुपम विरासत छोडेकी छिन्।
प्रकाशित: ९ आश्विन २०८२ ०९:३३ बिहीबार





