१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

दुबईमा भारतीय अभिनेत्री सोनल चौहान अलपत्र

बलिउड अभिनेत्री सोनल चौहान हाल दुबईमा अलपत्र परेकी छिन्। ईरानद्वारा विभिन्न देशहरूमा गरिएको हमलापछि दुबई लगायतका क्षेत्रमा तनाव बढेको छ। सुरक्षाका कारण सबै उडानहरू धमाधम रद्द गरिएका छन्, जस कारण अभिनेत्री भारत फर्किन सकिरहेकी छैनन्।

सोनलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्वदेश फर्किन सहयोगको अपिल गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आफू संकटका बीच दुबईमा फसेको र फर्किने कुनै स्पष्ट उपाय नभएको उल्लेख गर्दै सरकारसँग मार्गदर्शन र सहयोगको अपेक्षा व्यक्त गरेकी हुन्।

दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा  उनीसहित अरु धेरै यात्रुहरु फसेका छन्। उडानहरू अचानक रद्द भएपछि यात्रुहरू अन्योलमा परेका छन् र आधिकारिक सूचनाको प्रतीक्षा गरिरहेका छन्।

इजराइल र अमेरिकाले इरानका सैन्य तथा परमाणु केन्द्रहरूमा संयुक्त आक्रमण गरेपछि अवस्था थप जटिल बनेको छ।

भारतीय विमान कम्पनीहरू इयर इन्डिया र इन्डिगोले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको र यात्रुहरूलाई आधिकारिक माध्यमबाट अद्यावधिक सूचना लिन आग्रह गरेका छन्। सुरक्षित उडान मार्ग उपलब्ध हुनेबित्तिकै सेवा पुनः सञ्चालन गरिने जनाइएको छ।

प्रकाशित: १७ फाल्गुन २०८२ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App