गायक किरण शाहको स्वरमा सजिएको नयाँ गीत ‘हाँसी हाँसी’ सार्वजनिक भएको छ। सोमबार गायक शाहकै आधिकारिक युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
लामो समयदेखि साङ्गीतिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउँदै आएका शाहको यो तेस्रो साङ्गीतिक कोसेली हो। यसअघि उनले ‘माया लाउछनी’ र ‘नसोचेकै भयो’ जस्ता चर्चित गीतहरू बजारमा ल्याइसकेका छन्।
पछिल्ला गीतहरूले पाएको सफलतासँगै नयाँ गीत ‘हाँसी हाँसी’ ले पनि श्रोता तथा दर्शकको मन जित्ने उनको अपेक्षा छ। गीतमा किरण शाहलाई स्वरमा गायिका निर्मला देवी बस्नेतले साथ दिएकी छन्।
गीतको शब्द रचना र सङ्गीत सिर्जना आयुष क्षेत्री (प्रिन्स्) र स्वयम् गायक किरण शाहले मिलेर गरेका हुन्। गीतको भावलाई थप उचाइ दिन विशाल निरौलाले उत्कृष्ट सङ्गीत संयोजन गरेका छन्।
गीतको अडियो जत्तिकै यसको भिडियो पक्षलाई पनि आकर्षक बनाइएको छ। भिडियोको कथा र निर्देशन आयुष क्षेत्री (प्रिन्स्) ले गरेका हुन्।
भिडियोमा आयुष्मान कार्की र किरण शाहको मुख्य भूमिका रहेको छ। दृश्यलाई थप सुन्दर र जीवन्त बनाउन रेशम दर्लामीले सिनेमाटोग्राफी र ड्रोनको काम गरेका छन्।
दृश्य सम्पादन र कलर ग्रेडिङको जिम्मेवारी कल्पेश विश्वकर्माले निर्वाह गरेका छन्। गीतले माया र जीवनका सुन्दर पक्षहरूलाई समेटेको छ।
प्रकाशित: १ असार २०८३ १८:२६ सोमबार



-600x400.jpg)

