२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:९ अपराह्न
कला/साहित्य

तीजमा नाच्न मिल्ने आस्था राउतको ‘कम्मरै मर्काएर’ सार्वजनिक

गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । आस्थाले ‘कम्मरै मर्काएर’ बोलको गीत आज युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् ।

डान्सिङ नम्बरमा आधारित खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्ने दाबी उनको छ । मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ ।  

गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । गीत ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको छ ।  

शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् ।

“गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौँ,” आस्था भन्छिन्, “सदाबहार गीत छ । तर तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।”

म्युजिक भिडियो म्युजिक नेपालको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो । 

प्रकाशित: ११ श्रावण २०८२ १५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App