बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता अहुजाले रियालिटी शो ‘लक अप सच या सजा’मा आफ्नो वैवाहिक सम्बन्धबारे चर्चा हुने अभिव्यक्ति दिएकी छन्।
शोका क्रममा उनले भनिन्, ‘मेरो श्रीमान् गोविन्दाका १० वटा अफेयर भए पनि म उनलाई कहिल्यै छोड्दिनँ। म अन्तिम साससम्म उहाँलाई माया गर्नेछु।’
कार्यक्रममा अभिनेत्री शिल्पा शिंदेसँग पुराना भनाइलाई लिएर विवाद भएपछि सुनीता भावुक बनेकी थिइन्। उनले आफ्नो वैवाहिक जीवनबारे अरूले टिप्पणी नगर्न आग्रह गर्दै भनिन् कि यो हाम्रो व्यक्तिगत विषय हो।
पछि अभिनेता राम कपुरसँग कुरा गर्दै उनले आक्रोश व्यक्त गर्दै भनिन्, ‘उहाँ मेरा श्रीमान् हुनुहुन्छ। उहाँका १० वटा अफेयर भए पनि त्यो हाम्रो व्यक्तिगत कुरा हो। त्यसमा अरू कसैले हस्तक्षेप गर्नु हुँदैन।’
सुनीताको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जाल र मनोरञ्जन क्षेत्रमा व्यापक रूपमा चर्चामा छ। यी दम्पतिको वैवाहिक सम्बन्ध भने धेरै जसो सुनिताले गोविन्दालाई लिएर दिएको अभिव्यक्तिका कारण चर्चामा आएको हुन्छ। भने केही समय अगाडि उनको सम्बन्घ बिच्छोडको चर्चा थियो। तर उक्त चर्चा अफवाह सम्म मात्र समित रह्यो।
प्रकाशित: २३ असार २०८३ १५:०२ मंगलबार





