१३ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

मानव बेचबिखन बढ्दै गएको छ : हरिवंश आचार्य

कलाकार हरिवंश आचार्यले एउटा गम्भीर मुद्दामा बहस उठाएका छन्। मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ कार्यक्रमकाे क्रममा उनले मानव बेचबिखन बढ्दै गएको उल्लेख गरे।

विगतदेखि नै चल्दै आएको चेलीबेटी बेचबिखनको दायर फराकिलो बन्दै गएको र हाल प्राविधिकको दुरुपयोगले झनै अवस्था गम्भीर भएको उनले बताए।

उनले  वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उनको भनाइ छ। आचार्यले अहिले युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारिएका व्यक्तिहरू मानव बेचबिखनको जोखिममा परिरहेको बताए।

आचार्यले भने, ‘आजको परिस्थितिमा चेलीबेटी बेचबिखनमा मात्र संसार सीमित छैन। चेलीबेटी बेचबिखनभन्दा पनि मानव बेचबिखनका घटनाहरू बढिरहेका छन्, जहाँ युवाहरू, बालबालिका र विभिन्न आवरणमा मानिसहरूलाई विदेश पुर्‍याएर बेच्ने तथा शोषण गर्ने आपराधिक गतिविधि विस्तार भइरहेको छ’।

मानव बेचबिखनसँग सम्बन्धित चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएको र यसको नियन्त्रण गर्न नेपाल प्रहरीका लागि समेत ठुलो चुनौती बनेको उनले बताए। साथै  अवस्था अनुसार बदलिँदो अपराधको स्वरूपअनुसार सुरक्षा निकायले पनि आफ्नो क्षमता र रणनीति विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

प्रकाशित: १२ श्रावण २०८३ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App