चलचित्र विकास बोर्डले असार २८ गतेसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेका छन्। चलचित्र ‘रोल न।१’ र ‘जाँड’ को विवरण बोर्डले सार्वजनिक गरेका छन्। भने ‘लालीबजार’ र ‘आइ एम जीतबहादुर’ को प्रदर्शन यात्रा टुङगीएको छ।
जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘रोल नं. १’ को ग्रस कमाइ १ करोड ७७ लाख ६ हजार ५८३ रूपैयाँ पुगेको छ। जौन योञ्जनको निर्देशनमा बनेको चलचित्र असार २८ गतेसम्ममा उक्त कमाइ गरेको हो। यसको ७० हजार ६७४ टिकट बिक्री गरेको बोर्डले जनाएको छ।
असार १२ गतेदेखि प्रदर्शनमा आएको ‘जाँड’ भने व्यापारका हिसाबमा यस वर्षको अहिलेसम्मकै सबभन्दा कमजोर चलचित्रको रुपमा बनेको छ। आधिकारिक बक्स अफिस विवरणअनुसार चलचित्रले हालसम्म १ लाख २६ हजार ५ रूपैयाँ मात्र ग्रस कमाइ गरेको हो। राजु शाहको निर्देशनमा बनेको चलचित्रको ६२१ वटा मात्रै टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
प्रकाशित: २९ असार २०८३ १५:०२ सोमबार





