२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘वर्ल्ड अफ डान्स नेपाल’ ले पायो चार विजेता

‘वर्ल्ड अफ डान्स नेपाल’ को ग्रान्ड फिनाले ललितपुर स्थित झम्सिखेलको द प्लाजामा भव्यताका साथ सम्पन्न भएको छ।

उक्त समारोहमा चर्चित भारतीय कोरियोग्राफर टेरेन्स लुइस र नेपालका चर्चित अनुहारहरुको विशेष उपस्थिति थियो। 

विभिन्न चार डिभिजनका विजेताहरूको घोषणा गर्दै प्रतियोगिता समापन भयो। जसमा टेरेन्स लुइस, किरण थापा, र जेडी तमु  निर्णायक समितिमा थिए। जसमा १८ कडा प्रतिस्पर्धा भएको थियो।

यसैबिच जुनियर डिभिजनतर्फ रिधि सरकारले प्रथम स्थान हासिल गरेका छन् भने ‘पप इन स्माइली’ द्वितीय र दीपेश तथा ऋषि तृतीय भएका छन्।

त्यसैगरी, जुनियर टिम डिभिजनतर्फ ‘क्रिएटर्स क्रु’ले उपाधि चुमेको छ भने ‘एनडिए जुनियर’ दोस्रो र ‘पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो बनेका छन्।

अपर डिभिजनमा साजन पाख्रिन प्रथम, साजन गुरुङ द्वितीय र ‘स्टार्स स्टेपर्स क्रु’ तृतीय घोषित भएका छन्।

अपर टिम डिभिजनको उपाधि भने ‘टिम एनटी’ले हात पारेको छ। जहाँ ‘इन्नेट सोल्स’ र ‘एस स्क्वायर फ्यामिली’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

प्रत्येक डिभिजनका विजेताहरूले जनही १ लाख रुपैयाँ नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन्।

कार्यक्रमका कलात्मक निर्देशक जेडी तमुका अनुसार अपर र जुनियर टिम डिभिजनका सबै फाइनलिस्ट पर्फर्मरहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्।

नेपालका यी टोलीहरूले अमेरिकामा हुने ‘वर्ल्ड फाइनल’, थाइल्यान्डमा हुने ‘ग्लोबल डान्स रेप्रिजेन्टेटिभ’ र हङकङमा हुने ‘वर्ल्ड सुप्रिमेसी ब्याटलग्राउन्ड’ मा सहभागी भई विश्व मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने ऐतिहासिक अवसर प्राप्त गर्ने छन्।

ग्रान्ड फिनाले कार्यक्रममा मिरुना मगर, तेरिया फौजा, दयाहाङ राई, परीक्षा लिम्बु, कविता नेपाली, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, शिल्पा मास्केदेखि अभिषेक खड्कासम्मका स्टारहरू अतिथिका रूपमा सहभागी थिए।

डान्सरहरू आफैँ आयोजक रहेर यति ठुलो स्केलमा आयोजना गरिएको यो इभेन्ट नेपालकै पहिलो हो। यो प्रतियोगिताले नेपाली डान्सरहरूको लागि एक ठूलो अवसर बन्ने विश्वास गरिएको छ, जसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रमाणित गर्ने मौका दिनेछ।

प्रकाशित: २४ जेष्ठ २०८३ १६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App