२३ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘अक्षरमा अनुभूति’ मुक्तकसङ्ग्रह लाेकार्पण

नोबेल साकोस साहित्य संस्था काठमाडौ केन्द्रले १३२ औं शृङ्खलामा मुक्तककार इन्दिरा रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तकसङ्ग्रह लाेकार्पण गरेकाे छ।

नोबेल साकोस साहित्य संस्था, केन्द्रको १३२औँ मासिक काव्यगोष्ठी शृङ्खलामा संस्थाकी सदस्य मुक्तककार रेग्मीको मुक्तकसङ्ग्रह ‘अक्षरमा अनुभूति’ को लोकार्पण गरिएको हाे।

संस्थाकी केन्द्रीय महासचिव सुशीला ढकाल अधिकारीकाे सभाध्यक्षता तथा लाेकप्रिय समालाेचक प्राडा गोविन्द मानसिंह कार्कीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा विभिन्न साहित्यकारको उल्लेखनीय जमघट भएकाे थियाे। बेलकोटगढी नगरपालिका नुवाकोटका उपप्रमुख शिव दाहाल विशिष्ट अतिथि, प्रभात दीक्षित र पुष्पप्रसाद लुइँटेल, विशेष अतिथिहरू ध्रुव गजुरेल, निर्मलरमण पराजुली, दामोदर ढकाल, सुमित्रा सुमी, लक्ष्मण सिटौला, चन्द्रा न्यौपाने, द्वारिका कुइकेल, दुर्गा अधिकारी भमरकोटे, छविलाल भट्टराई, अरुण अनुराग, रमेश सुवेदी, विनोद अधिकारी, हरिकृष्ण अधिकारी, सुजन डोटेल, मधुसूदनप्रसाद घिमिरे, अविकेशर ओली, निबन्ध आचार्य, वेदप्रसाद गौडेल, केवी पौडेल, मीरा रावत, शम्भु गजुरेल, नीरा श्रेष्ठ, उत्तम शर्मा, ज्ञान शाली पन्त जिज्ञासु, पवनकुमार बुढाथोकी, गोपाल मैनाली, कुमार नेपाल, राज रजक लगायत अतिथि रहेका थिए।

रत्न पुस्तकालय मध्यबानेश्वर, काठमाडौंमा भएकाे कार्यक्रमकाे सञ्चालन संस्थाका संस्थापक संयोजक राजनप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा स्रष्टाहरू सानू शर्मा, दलबहादुर नेपाली, सीता घिमिरे, रञ्जिता शाह, सुचित्रा काफ्ले, सम्मान आचार्य, छवि भट्टराई, दिपक ढकाल, राजन आचार्य, दयाराम चौधरी, सुकदेव दाहाल, नवराज तिवारी, नीरा श्रेष्ठ, अमर अधिकारी, दिपक तिवारी, दुर्गा घिमिरे, सुशील रिजाल, प्रमुना पौडेल, हरिप्रसाद भट्टराई, भीम खडका, प्रशान्त रेग्मी, आकृति रेग्मी लगायतकाे उपस्थिति थियो।

प्रकाशित: २२ चैत्र २०८२ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App