९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘धर्तीको जून’लाई छायादेवी चेतनाथ गजल पुरस्कार

गजलकार विवश पौडेलकाे ‘धर्तीको जून’ गजलसंग्रहलाई छायादेवी चेतनाथ गजल पुरस्कार -२०८१ प्रदान गरिएकाे छ।

छायादेवी-चेतनाथ पराजुलीले वितरण गरेकाे कार्यक्रममा घनेन्द्र ओझा र बाबु त्रिपाठीले पुरस्कार र पुरस्कृत व्यक्तित्वबारे प्रकाश पारेका थिए।

त्यस्तै कार्यक्रममा जे.सागरले उपस्थित साहित्यकार तथा साहित्यानुरागीलाई धन्यवाद ज्ञापन गरेका थिए।

साहित्यकार अच्युत घिमिरे 'बुलबुल'ले सहजीकरण गरेको उक्त कार्यक्रममा साहित्यकार कल्पना काफ्लेले पुरस्कृत कृतिबाट एउटा गजल वाचन गरेकी थिइन् भने जे. सागर, राजेशराज गड्तौला, सुशीला शर्माले कार्यक्रमको आयोजना गरेका थिए।

आफ्नै बाआमाकाे नाममा स्थापित पुरस्कार बाआमाकै हातबाट प्रदान गर्ने उद्देश्यले आठ वर्षदेखि बर्सेनि प्रदान गरिंदै आएको ‘चेतनाथ छायादेवी गजल पुरस्कार’ का संरक्षक जे. सागर हुन्।

प्रकाशित: ४ कार्तिक २०८२ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App