१० माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

डा. चमा थुलुङकाे तीन कृति लाेकार्पण

रावासावा प्राज्ञिक समाज नेपालले डा. चमा थुलुङकाे तीन कृति `मियप्मा´ महाकाव्य, `मेरी अर्की पारिजात दिदी´ कथासंग्रह र `थुलुङ मुन्दुममा सृष्टि, संस्कार र संस्कृति´ थुलुङ मुन्दुम दर्शन एकैसाथ लाेकार्पण गरेकाे छ।

रक्षामन्त्री मानवीर राई, ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, राजनीतिकर्मी विशाल भट्टराई, डा. विष्णु राई लगायतले कृतिकाे एकसाथ लाेकार्पण गरेका थिए।

कार्यक्रमकम प्रमुख अतिथि राईले किरात संस्कार, संस्कृति र इतिहास बुझ्न चाहनेका लागि स्रष्टा थुलुङकाे `थुलुङ मुन्दुममा सृष्टि, संस्कार र संस्कृति´ निकै उपयाेगी भएकाे बताए।

त्यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले `मियप्मा´ महाकाव्य खाेटाङकै पहिलाे महाकाव्य भएकाे बताए। उनले महाकाव्य जस्ताे गहन कृति लेखेकाेमा स्रष्टालाई बधाई दिएका थिए।

त्यस्तै समालाेचक टंक भट्टराईले ‘मेरी अर्की पारिजात दिदी’ कथासंग्रहमा प्रेम, याैन,  जीवन भाेगाइकाे जीवन्त तस्वीर उतारेकाे बताए।

समाजका अध्यक्ष बम बानियाकाे अध्यक्षता र उपाध्यक्ष प्राज्ञ चन्द्र रानाहँछाकाे सञ्चालनमा भएकाे कार्यक्रममा जसराज किराती, विष्णु आभूषण, नगेन्द्रराज रेग्मी, खोटाङ कलाकार समाजका अध्यक्ष रूपकुमार राई लगायतकाे उपस्थिति रहेकाे थियाे।

डा.सुकराज राईकाे साहित्यिक नाम चमा थुलुङ हाे। शिक्षण पेसामा संलग्न उनका दर्जनाै कृति प्रकाशित छन्।

प्रकाशित: १४ भाद्र २०८२ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App