निबन्धकार वसन्त खनालकाे निर्बन्ध-आख्यान कृतिको पाण्डुलिपिकाे विमर्श भएको छ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको साताैं वर्ष उत्सवको अवसरमा ‘वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जा’ को ३९औं पाइलाको रूपमा स्याङ्जामा पहिलोपटक यस किसिमको कार्यक्रम निर्बन्ध–आख्यान कृतिको पाण्डुलिपिमा विमर्श गरिएको आयोजकले बताए।
निबन्धकार वसन्त खनालकाे निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमा केन्द्रित अनौपचारिक रूपमा आयोजना गरिएको विमर्श कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक मिलन समीरले सहजीकरण गरेका थिए।
कार्यक्रममा प्रस्तुत निर्बन्ध-आख्यान कृतिका स्रष्टा निबन्धकार वसन्त खनाल, कृतिका सम्पादक मिलन समीर, भियानका संस्थापक अभियन्ता शम्भु अर्याल र अभियन्ता पारिश्वर न्यौपानेले प्रस्तुत कृति केन्द्रित गहन पाठकीय टिप्पणी प्रस्तुत गरेका थिए।
मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टको पुस्तकालयमा भएकाे कार्यक्रममा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी र साहित्यप्रेमी व्यक्तित्व चक्र डुम्रेले निर्बन्ध-आख्यान कृति प्रकाशनारम्भ भएकोमा खुशी प्रकट गर्दै शुभकामना व्यक्त गरेका थिए।
प्रकाशित: १६ पुस २०८२ १४:११ बुधबार





