१५ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

प्रेमीसँगको सामिप्यतामा खुलेकी गरिमा

मोडेल तथा अभिनेत्री गरिमा शर्मा प्रेम सम्बन्धमा रहेको खुलेको छ। शर्माले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै आफू प्रेम सम्बन्धमा रहेको जानकारी दिएकी हुन्।

उनले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरमा प्रेमीको हात समातेको देखिन्छ, तर दुवैको अनुहार भने देखाइएको छैन। तस्बिरसँगै शर्माले ‘उहाँले प्रस्ताव राख्नुभयो, मैले स्वीकार गरेँ’ भन्ने भाव व्यक्त गरेकी छन्।

शर्माले हालसम्म आफ्नो प्रेमीको पहिचान सार्वजनिक गरेकी छैनन्। तस्बिरमा प्रेमीको हातमा ‘गरिमा’ नाम लेखिएको देखिन्छ भने शर्माले ‘प्रमिस रिङ’ लगाएकी छन् ।  

No description available.

 

प्रकाशित: २८ पुस २०८२ १६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App