३१ असार २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

कठिन घुम्ती

लघुकथा

सबै साथीसँग एकएकवटा राम्राे न राम्राे मोबाइल छ। आफूसँग भने थोत्रो। अरूलाई देखाउन पनि लाज लाग्ने दुई पैसे मोबाइल छ। अबदेखि मलाई फोन नगर्नुस् है बा। म जवाफ दिन्न।" सुरेश प्रत्येक दिन स्कुल जाने बेला आफ्नो बाबुलाई घुर्क्याउँछ।

छोरालाई साम्य पार्न खोज्दै बुबा भन्छन्, "त्यसो नभन न बाबू, एक महिना साहुले ओभरटाइम गर्न दिए भने म तिमीलाई नयाँ योभन्दा राम्रो मोबाइल किनिदिन्छु। छोरा तिम्रै उज्ज्वल भविष्यका लागि घरमा तिम्री आमा र बहिनीलाई छोडेर यहाँ सानोतिनो काम गरेर पैसा कमाउँदै छु। बिस्तारै म तिम्रो सबै इच्छा पूरा गरिदिन्छु। सरकारीया स्कुलमा नभएर तिमीलाई प्राइभेट स्कुलमा एघार कक्षामा भर्ना गरेको छु। तिमी पढाइमा ध्यान देउ। अरू सबै म पुर्‍याउँछु।

"तपाईं सधैं यसै भन्नुहुन्छ तर मेरो कुन इच्छा पुर्‍याएको छ र। अब म आफूलाई चाहिने पैसा जसरी भए पनि आफैं कमाउँछु।"

बाबुले धन भएर पनि छुच्याइँ गरेको जस्तो गर्दै रिसाएर ढोका ढ्याम्म बजारेर हुत्तिएर बाहिर निस्कियो।

"ए बाबू, छोरा नरिसाऊ न। तिमी पहिले आफ्नो पढ्ने काम सक न। कमाउने कुरा त छँदै छ नि" भन्दै बुबा छोरीलाई सम्झाउन खोज्छन्।

"भैगो, मलाई अर्ति दिनु पर्दैन। म आफैँ कमाउँछु।"

राम्रो पढेर ठूलो मान्छे बनोस्। आफूहरूको भविष्यको सहारा बनोस् भनेर दुखजिलो गरी शहर ल्याएर पढाएको छोराको क्रियाकलापले उनको मुटुमा ठेस लागे पनि धैर्य गर्दै बेलुकीको खाना बनाएर छोराको प्रतीक्षा गरेर बसे।

आधा रात बितिसक्दा पनि छोरो आएन। त्यत्तिकैमा अकस्मात ढोका खोलेर हुत्तिँदै अरू उसका दुई साथी कोठाभित्र छिर्दै "बुबा हामीले  एटिएमहरू फोरेर पैसा लुटेर आएका छौं। पुलिस हाम्रो पिछा गरिरहेको छ। हामीलाई लुकाइदिनुस् प्लिज बुबा।"

प्रकाशित: ३१ असार २०८३ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App