६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

दीपिका पादुकोण बनिन् भारतको पहिलो मानसिक स्वास्थ्यदूत

बलिउड अभिनेत्री तथा द लिभ लभ लाफ फाउन्डेसनकी संस्थापक दीपिका पादुकोणलाई भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशको पहिलो मानसिक स्वास्थ्यदूतको रूपमा नियुक्त गरेको छ।

उनले आफू डिप्रेसन अनुभव गरेपछि यो संस्था सन् २०१५ मा स्थापना गरेकी थिइन्। यसबाट भारतमा मानसिक स्वास्थ्यको वातावरणलाई सहज बनाउने मन्त्रालयको महत्त्वपूर्ण निर्णय भएको जनाइएको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाका अनुसार दीपिकासँगको सहकार्यले मानसिक स्वास्थ्य समस्याको जागरूकता फैलाउन मद्दत गर्नेछ। ‘यी विषयमा दीपिकाले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्त्वपूर्ण भागको रूपमा उजागर गर्नेछन्,’ उनले भने।

दूत नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘म केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको पहिलो मानसिक स्वास्थ्यदूत हुन पाउँदा सम्मानित महसुस गर्छु। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ। म यो कामलाई अगाडि बढाउन र हाम्रो देशमा मानसिक स्वास्थ्यलाई बलियो बनाउन मन्त्रालयसँग काम गर्न तत्पर छु।’ 

दूत नियुक्त भएसँगै पादुकोणले मानसिक स्वास्थ्यको जागरूकता र जनचेतना जगाउने, यससँग सम्बन्धित गलत धारणाहरू हटाउने, मानिसलाई मद्दत खोज्न र रोकथामका उपाय अपनाउन प्रोत्साहित गर्ने, टेलि-मानस (राज्यभरका टेलि-मानसिक स्वास्थ्य सहायता र नेटवर्किङ) र अन्य सरकारी कार्यान्वयन गरिएका मानसिक स्वास्थ्य स्रोतहरूको प्रवर्द्धन गर्ने कार्य गर्नेछिन्। एजेन्सी

प्रकाशित: २६ आश्विन २०८२ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App