१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

अस्पतालबाट डिस्चार्ज भइन् दीपाश्री

अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला शल्यक्रियाको १८ औँ दिनमा अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

उनी बिहीबार अस्पतालबाट डिस्चार्ज भएकी हुन्। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको ब्रेन टयूमरको शल्यक्रिया भएको थियो, त्यही उनी स्वास्थ्यलाभ गरिरहेकी थिइन्। दीपाश्रीको स्वास्थ्यबारे दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जनाएका छन्।

गिरीले लेखे, ‘दीपाजीले भन्नुभयो महाभारत युद्ध पनि १८ दिन नै भएको थियो रे मेरो जीवनमा अप्रत्यासित ढंगले आएको रोग संगको संघर्ष पनि १८ दिन नै चल्यो,’ उनले थपे, ‘४० काटेपछि एकपल्ट मस्तिस्कको अवस्था परीक्षण गर्नु हुन सबैलाई अनुरोध गर्नु भएको छ।'

प्रकाशित: ८ श्रावण २०८३ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App