नेपाल स्रष्टा समाजले ‘दार्चुला: कला साहित्य’ र ‘किशनसिंह धामी: व्यक्ति र कृति’ लोकार्पण गरेको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, डा.तारा निरौला, श्रीओम श्रेष्ठ रोदन, प्राडा खगेन्द्र लुइँटेल, किसनसिंह धामी, पवन आलोक, प्राडा लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान, प्राडा भरतकुमार भट्टराई, ज्ञानु अधिकारी कृतिकार नेत्रप्रसाद फुयल लगायतले कृतिकाे लोकार्पण गरेका हुन्।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले नेपाली भाषा,साहित्यमा गतिविधिहरू निरन्तर भैरहनुपर्नेमा जोड दिए।उनले किशनसिंह धामीले डायस्पोरामा बसेर नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्नामा गरेको कार्यको प्रशंसा पनि गरे।
कार्यक्रममा वरिष्ठ समालोचक प्रधान र प्राडा भट्टराईले लोकार्पित कृतिहरूकाे समीक्षात्मक टिप्पणी गरेका थिए।
कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य राख्ने क्रममा धामीको योगदानको चर्चा गरे।
नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा स्वागत मन्तव्य समाजका महासचिव प्रकाश घायलले राखेका थिए।
संस्थाकाे सदस्य प्रदीप सापकोटाले सञ्चालन गरेकाे उक्त कार्यक्रममा सुदुर पश्चिम नेपालको साँस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।
प्रकाशित: १४ मंसिर २०८२ १२:०१ आइतबार





