२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

स्रष्टा पोखरेलले ल्याए नवाैं कृति ‘अन्त्यारम्भ’

साहित्यकार डा. टीकाराम पोखरेलले नवाैं कृतिकाे रूपमा ‘अन्त्यारम्भ’ कथासंग्रह ल्याएका छन्। नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमा कलम चलाउँदै आएका छन्।

कथामा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्यमान्यवता, मानवताको ह्रास, राजनीतिक विक्रिति, विसङ्गति, समाजिक झिनाझम्टी, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम परिस्थितिहरूको उठान गरिएका छन्।

कल्पनाभन्दा बढी भोगाइ, असामाजिक लाग्ने यथार्थ र समाजका कुरीतिप्रति व्यंग्यात्मक प्रहार गरिएका कथाहरूमा यौनका बाछिटा, केही प्रेमका मिठास, केही राजनीतिका धब्बा, केही छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, केही लोभ र केही पापका पाटा समाविष्ट छन्।

एक्काइस कथा समेटिएको कथासङ्ग्रह सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो। पोखरलेको यो नवौं कृति र दोस्रो कथासङ्ग्रह हो। यसअगाडि पोखरेलको धोको (२०५६) प्रकाशित भएको थियो।

प्रकाशित: २७ आश्विन २०८२ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App