४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

आयाे ‘भाग्यले मिचिएको मान्छे’

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरबाट निर्माण भएको ‘भाग्यले मिचिएको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कलाकार विराज विष्ट र गीता पन्थीलाई मुख्य भूमिकामा देखाइएको छ।

गीतमा विराज विष्टलाई भावुक गहिरो मुद्रामा प्रस्तुत गरिएको छ भने गीता पन्थीलाई मोडलिक शैलीमा देखाइएको छ, जसले गीतको रोमान्टिक र दर्दलाग्दो कथावस्तु संकेत गर्छ।

यस गीतमा एलेना चौहानको स्वर छ। शब्द तथा संगीत ऋषि खड्काद्वारा तयार गरिएको हो भने गीतको एरेन्ज कमल सौरागले गरेका छन्। सिनेमाटोग्राफी श्याम तामाङको, एडिट तथा कलर मिलन विश्वकर्माको र पोस्टप्रोडक्सन ड्रागन पिक्चर्सले सम्हालेको छ।

गीतको कथा र निर्देशन सिर्जन बरालले गरेका छन्। मेक अपमा स्वास्तिका श्रेष्ठ र पोस्टर डिजाइनमा राकेश दाहलको योगदान देखिन्छ। गीत यूट्युबको सिएम डिजिटल च्यानल मार्फत सार्वजनिक भएको छ।

प्रकाशित: ५ पुस २०८२ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App