२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

जेन जी आन्दोलन र त्यसपछिको जागरणलाई चित्रण गरिएको ‘चंगुल’

 भदौ २३, २४ गते भएको आन्दोलन तथा त्यसपछिको अवस्थालाई चित्रण गरिएको कथा ‘चंगुल’को प्रदर्शन मिति घोषणा भएको छ।

उक्त पोस्टरमा चलचित्रको मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ। जसमा यी कलाकारहरुको टाउँको माथि कसैको हात देख्न सकिन्छ जसले यी मानिशहरुलाई ‘कढपुतली’ झै आफ्नो हिसाबले चलाएको चित्रण गरिएको छ। राम गौतम निर्देशित चलचित्रमा भ्रष्टाचारका कारण भएकोे अन्दोलन तथा त्यसपछिको देशको अवस्था तथा जागरनलाई सिनेमाले आफ्नो कथा बनाएको छ।  आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरूप चलचित्र भदौ १९ मा रिलिज गर्न लागिएको चलचित्रकी निर्माता मालती कार्कीले जानकारी दिइन् ।

चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेश कुमार राई लगायतको अभिनय छ। विपिन आचार्य तथा नन्दनी अधिकारीको संगीत रहेको चलचित्रमा देव महर्जनको द्वन्द्व,  दीपेन्द्र बस्न्यातको छायाङ्कन तथा सम्पादन छ।

चलचित्र भने भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: २२ असार २०८३ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App