२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

भगवान् हनुमानको अपमान गरेको आरोपमा राजामौलीविरुद्ध मुद्दा

धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा फिल्म निर्देशक एसएस राजामौलीविरुद्ध दिल्लीमा मुद्दा दायर भएको छ। हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले राजामौलीविरुद्ध दिल्ली प्रहरीमा उजुरी दर्ता गरेका छन्। 

उनले राजामौलीले भगवान् हनुमानको अपमान गरेको र हिन्दू समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाए। विष्णु गुप्ताले तत्काल अनुसन्धान र कडा कारबाहीको माग गरेका छन्। उनले यस्तो टिप्पणीले सामाजिक सद्भावमा खलल पुग्ने बताए।

नोभेम्बर १७ मा फिल्म ‘वाराणसी’ को टिजर सार्वजनिक कार्यक्रमबाट विवाद सुरु भएको हो। हैदराबादमा टिजर प्ले हुन ढिला भएपछि राजामौलीले भनेका थिए, ‘मलाई भगवानमा खासै विश्वास छैन। मेरो बुबा भन्नुहुन्थ्यो, समस्यामा पर्दा हनुमान पछाडि उभिएर बाटो देखाउँथे। तर यो गडबड भएपछि रिस उठ्छ, भगवानले यस्तै मद्दत गर्नुहुन्छ?’

उनले आफ्नी श्रीमती हनुमानमा विश्वास गर्ने कुरा पनि बताएका थिए। टिजर फेरि नचलेपछि उनले भने, ‘बुबाको हनुमानले एक पटक मद्दत गरेका थिए भने श्रीमतीको हनुमानले आज मद्दत गर्लान् कि गर्दैनन् हेरौँ।’ यो भिडियो भाइरल भएपछि राजामौलीमाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको छ र धेरैले माफी माग्न दबाब दिएका छन्। एजेन्सी

प्रकाशित: ३ मंसिर २०८२ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App