६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

बलिउड अभिनेत्री हुमा कुरैशीको भाइको हत्या

भारतीय अभिनेत्री हुमा कुरैशीको काकाको छोराको हत्या भएको खबर आएको छ।

दिल्लीको निजामुद्दीन क्षेत्रमा पार्किङलाई लिएर भएको विवादका कारण अभिनेत्रीका भाइको हत्या भएको बताइएको छ। भारतीय प्रहरीका अनुसार घटना ७ अगस्ट बिहीबार राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा भएको हो। प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ।

हुमा कुरैशीकी काका छाेराको नाम आसिफ कुरैशी हो। आजतकको रिपोर्टका अनुसार ७ अगस्टको राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा हुमा कुरेशीका भाइबीच गेटबाट स्कुटर हटाएर साइडमा पार्क गर्दा झगडा भएको थियो।

कुरा यति बढ्यो कि आरोपीले आसिफ कुरेशीमाथि आक्रमण गरे। गम्भीर घाइते आसिफलाई अस्पताल पुर्याएको थियो जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। 

प्रकाशित: २३ श्रावण २०८२ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App