९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

नीताको ‘सुखदु:ख’मा विपना थापा

अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले अनुबन्ध गरेको हो।

यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरेका थिए। यो उनीहरूको दोस्रो सहकार्य हो। विपनाले फिल्म ‘सुखदुख’मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन्। उनले फिल्मको कथाले नै आफूलाई मन छोएको र नीताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउदा असाध्यै उत्साहित भएको बताइन्।

नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्य खुसी भएको बताइन्। उनकाे अनुसार यो फिल्ममा विपनाको महत्त्वपूर्ण भूमिका छ। नीताले यसअघि यो फिल्मका लागि कलाकारका रूपमा मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्ध गरिसकेकी छन्। यस फिल्मको अन्य कलाकार र प्राविधिक पक्षबारे विस्तारै जानकारी दिंदै जाने निर्देशक अधिकारीको भनाइ छ।

आउँदाे फागुनबाट छायांकनमा जाने यो फिल्मलाई चर्चित भारतीय छायांकार कवीरलाल र शाहिदलालले छायांकन गर्दैछन्। ‘नीता फिल्म्स’ को ब्यानरमा बन्न लागेको यो फिल्म आउँदाे वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउँदैछ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

प्रकाशित: २२ श्रावण २०८२ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App