२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

स्वर्गीय शिक्षक हर्कध्वज राईद्वारा सङ्कलित ‘बान्तावा शब्दावली’ लोकार्पण

दिवङ्गत शिक्षक, समाजसेवी तथा भाषा अनुसन्धाता हर्कध्वज राईले आफ्नो जीवनकालमा सङ्कलन गरेका ‘बान्तावा शब्दावली’ नामक पुस्तकको लोकार्पण गरिएको छ।

धनकुटाको सहिदभूमि, खोकु पिप्लेस्थित श्री पञ्च कृष्ण माध्यमिक विद्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच ‘बान्तावा-नेपाली शब्दार्थ सङ्ग्रह’ को विमोचन गरिएको हो।

किरात राई बान्तावा खिम, सहिदभूमि गाउँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा स्वर्गीय राईको भाषा संरक्षणमा रहेको योगदानको स्मरण गरिएको थियो।

राईले शिक्षण पेशामा समेत ४० वर्षभन्दा लामो समय सेवा गरेका थिए। उनी एक समर्पित शिक्षक मात्र नभई सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय थिए।

राईले विद्यालय भवन र नेपाल रेडक्रस सोसाइटी उपशाखाका लागि निःशुल्क जग्गा दान गरेका थिए।

आफ्नो जीवनको लामो समय बान्तावा भाषाको अध्ययन र शब्द सङ्कलनमा बिताएका राईको निधनपछि उनको महत्त्वपूर्ण कृतिलाई परिवार र समुदायले प्रकाशनमा ल्याएका हुन्।

पुस्तकको सङ्कलन तथा लेखन स्वर्गीय हर्कध्वज राईले गरेका हुन् भने यसलाई उनकी श्रीमती बंगैला राईले प्रकाशन गरेकी हुन्।

पुस्तक प्रकाशनमा किरात राई बान्तावा खिम, नेपालले सहयोगी भूमिका निर्वाह गरेको छ।

शब्द सङ्ग्रहले बान्तावा भाषाको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित: २० कार्तिक २०८२ १८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App