९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

नौतले धरहरामा ‘बकुल्लाको सभा’

कोहलपुर नगरपालिकास्थित नौतले धरहरा (भ्यूटावर) माथि साहित्यकार छविलाल खड्काको मुक्तकसङ्ग्रह ‘बकुल्लाको सभा’ लाेकार्पण भएकाे छ।  

नेपाल हाइकु केन्द्र बाँकेको आयोजनामा भएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ महानन्द ढकालले कृतिकाे लाेकार्पण गरेका हुन्।

कार्यक्रमका सभाध्यक्ष बद्री ढकाल हिरामणि, कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, पुस्तकका आवरण चित्रकार आयुष्मा ढकाल,कथाकार विष्णु पादुका, मुन्द्रक ढकबहादुर थारु लगायत उपस्थित सबैले लाेकार्पित कृतिबाट एकएक मुक्तक वाचेका थिए।

कार्यक्रमको संचालन साहित्यकार चन्द्रावती अधिकारीले गरेका थिए। एक सय एकवटा मुक्तकहरू रहेको बकुल्लाको सभाको प्रकाशकमा डिला खड्का रहेका छन्।

प्रकाशित: १ कार्तिक २०८२ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App