बलिउडकी प्रसिद्ध गायिका लता मंगेशकर र आशा भोसलेको सम्झनामा भारतको पुणेमा एसियाकै सबैभन्दा ठूलो अस्पताल निर्माण हुने भएको छ।
संगीतकार हृदयनाथ मंगेशकरका अनुसार, पुणेमा उनकी आमा र लता मंगेशकरले गरिब तथा विपन्न वर्गको सेवाका लागि अस्पताल स्थापना गर्ने सपना देखेका थिए। करिब २५ वर्षअघि यो परियोजना सुरु गर्ने प्रयास गरिएको भए पनि त्यसबेला सफल हुन सकेको थिएन।
पछि परिवारले अस्पताल लता मंगेशकरको नाममा बनाउने निर्णय गरेको थियो र तयारी पनि सुरु गरिएको थियो। १६ तारिखमा यसको शुभारम्भ गर्ने योजना थियो, तर त्यसैबीच आशा भोसलेको आकस्मिक निधन भयो।
अब परिवारले अस्पताल लता मंगेशकर र आशा भोसले दुवैको नाममा निर्माण गर्ने निर्णय गरेको छ। यसलाई एसियाकै सबैभन्दा ठूलो अस्पताल बनाउने लक्ष्य रहेको उल्लेख गरिएको छ।
आशा भोसलेको ९२ वर्षको उमेरमा मुम्बईमा निधन भएको थियो। उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो, जहाँ महाराष्ट्र प्रहरीले गार्ड अफ अनर प्रदान गरेको थियो। अन्त्येष्टिमा आमिर खान, विक्की कौशललगायतका धेरै कलाकारहरूले श्रद्धाञ्जली दिएका थिए।
प्रकाशित: १ वैशाख २०८३ १९:१६ मंगलबार


-600x400.jpg)


