१ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

प्रसिद्ध गायिका आशा भोसलेको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अन्त्येष्टि सोमबार मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिनेछ।

आशा भोसलेका छोरा आनन्द भोसलेले भने, 'अप्रिल १२ मा बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म मानिसहरू 'कासा ग्रान्डे' भवनमा आएर आमा (आशा भोसले) लाई अन्तिम श्रद्धाञ्जली दिन सक्छन्।'

उनले भने, 'उहाँको अन्तिम संस्कार दिउँसो ४ बजे गरिनेछ। ठूलो जमघट हुने सम्भावना भएकोले त्यहाँ भीडभाड नगर्न म मानिसहरूलाई अनुरोध गर्दछु।'

आशा भोसलेलाई शनिबार साँझ हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। यसपछि उनको आइतबार मृत्यु भएको हो।

प्रकाशित: ३० चैत्र २०८२ ११:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App