कुमारले दस्तावेज नियाल्दै भने, ‘होइन सर मिति फरक पर्याे कि?’
‘अब उनीहरू जीवित हुने होइनन् क्यारे! एक दिन अगाडिपछाडि भए पनि खासै फरक नपर्ला!’ नरेशले प्रतिवेदनमा आएको टिप्पणी बेवास्ता गर्दै भन्यो।
‘त्योभन्दा पनि यो जनतामा जाने दस्तावेज हो, तलबाटै पनि आलोचना आउन सक्छ। यो एउटा ऐतिहासिक विषय भएकाले यसमा सुधार गर्दा ठिक हुन्छ सर।’ कुमारले दस्तावेजमा सुधारका लागि सुझाव थप्यो।
‘हस्! हामीले यसबारे पछि छलफल गर्छौं। कार्यक्रम व्यवस्थित गर्न जनमानस जुटाउन उनीहरूका लागि बस्ने व्यवस्था गरिलाग।’ नरेशले कुमारलाई अन्य काममा खटायो।
ऊ आदेश पाएपछि हलतर्फ लाग्यो। त्यहाँ काम हुँदै थियो। हलमा कुर्सीहरू र मञ्चमा सोफासैट बिछ्याइएको थियो।
गाडीवालाले सोध्यो, ‘सर, यो सालिक कहाँ राखौं?’
कुमारले गाडीभित्र हेर्याे। त्यसमा एकजनाको शालिक थियो।
उसले साेध्याे, ‘शालिक एउटै हो?’
‘हजुर एउटै हो। अरू पहिल्यै राखिसकेका हौं।’ उनीमध्ये एकजना सहिद ड्राइबर होला ले भन्यो।
कुमार आश्चर्य हुँदै भन्यो, ‘यो शालिक त कुनै पनि सहिदसँग मेल खाँदैन किन?’
‘ओह भाइ, तिमीले किन जहाँ पनि बखेडा गरेको’ ठिकै छ जस्तो जाने त्यस्तै बनाए।’ नरेशले बिचमा आएर हस्तक्षेप गर्दै भन्यो।
‘तर सर! सहिदको अनुहारसँग मेल नखाने शालिक राखेर के फाइदा? जनताबाट विरोध पनि हुन सक्छ।’ कुमारले साेध्याे।
‘सहिदलाई कसैले जीवित देखेको छैन उनीहरूको अनुहार कस्तो थियो त्यो यो देशका सोझा जनतालाई के थाह। जस्तो आयो त्यस्तै राखेर औपचारिकता पूरा गर्ने हो। सम्झनास्वरूप गरिएको कार्यक्रममा धेरै विवाद नगर्दा हुन्छ।’ नरेशले कुमारलाई सम्झाउँदै भन्यो।
‘तर सर! त्यो दस्तावेज र यो शालिकमा मेरो सहमति छैन।’ कुमारले आफ्नो पक्ष राख्दै भन्यो र त्यहाँबाट हिँड्न खोज्यो।
‘यसो गर्दा पनि सहिदको अपमान होला बरू कार्यक्रम सकेपछि बल्ल कुरा उठाउनुपर्छ।’ उसले मनमनै सोच्यो र काममा जुट्यो।
प्रकाशित: १६ माघ २०८२ १२:५५ शुक्रबार





-600x400-wm.jpg)