कलाकार तथा कोरियोग्राफर शंकर बिसीले सामाजिक सञ्जालमा आफ्नो गुनासो पोखेका छन्। सुखमा सबैले साथ दिन आउने भने दु:खमा कसैले साथ नदिने भन्दै उनले निराशा व्यक्त गरेका हुन्।
लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकरले सामाजिक सञ्जालमा लेखे, ‘घरमा पार्टी गर्दा, खसी काट्दा, रक्सीको खोला बगाउँदा तपाईंको घरमा खुट्टा टेक्ने ठाउँ हुँदैन। तर तपाईंलाई दु:ख पर्दा एक जना पनि तपाईंको घरमा आउँदैन, संसार स्वार्थी छ।’
उनको यो अभिव्यक्ति पछि उनको पोस्टमा धेरैले प्रतिक्रिया तथा चिन्ता व्यक्त गरेका छन्। उनको उक्त पोस्टले दर्शकको ध्यान तानेको छ।
प्रकाशित: १० श्रावण २०८३ ११:२८ आइतबार





