३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

गायक बादशाहलाई गिरफ्तार गर्न आदेश

भारतको हरियाणा राज्यमा बलिउडका चर्चित गायक तथा र्‍यापर बादशाहको विवाद चर्किएका छ। बादशाहविरुद्ध गिरफ्तारीको आदेश जारी भएको छ। उनको हरियाणी 'टटीरी' बोलको गीत विवादमा परेपछि अदालतमा उपस्थित हुन बोलाइए पनि उनी नगएपछि यस्तो आदेश आएको हो।

महिला आयोगकी अध्यक्ष रेनू भाटियाले १३ मार्चमा अदालतमा उपस्थित हुन भनेकी थिइन्। तर, गायक बादशाहले स्वयं उपस्थित नभई वकिलहरूलाई पठाएका थिए। वकिलहरूले उनी पेशागत व्यस्तताका कारण आउन नसकेको भन्दै थप समय मागेका थिए।

महिला आयोगकी अध्यक्षले यसप्रति असन्तुष्टि जनाउँदै प्रहरीलाई बादशाहलाई पक्राउ गर्न र उनको पासपोर्ट जफत गर्न निर्देशन दिएकी छन्।  

'टटीरी' गीतका केही शब्द र दृश्यका कारण विवाद सुरु भएको हो। सामाजिक संघ संस्थाहरूले गीतमा महिलामाथि अपमानजनक शब्द प्रयोग गरिएको, विद्यालयका छात्राहरूलाई अनुचित रूपमा देखाइएको तथा सरकारी बस र विद्यालयको दृश्य अनुमति बिना प्रयोग गरिएको आरोप लगाएका छन्। त्यसपछि विभिन्न स्थानबाट गीतलाई हटाइएको छ।

यसअघि बादशाहले एक भिडियो सन्देश जारी गर्दै माफी पनि मागेका थिए।

प्रकाशित: २९ फाल्गुन २०८२ १८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App