२ वैशाख २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

खुल्याे मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन

यसपालिको संस्कारण वासिङ्टन डीसीमा हुने

विगतमा भइरहेको ग्रयाण्ड फिनालेको स्थान परिवर्तन गर्दै 'मिस नेपाल नर्थ अमेरिका २०२६' का लागि आवेदन खुला गरिएको छ।

आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहीबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो। आठौं संस्करणसम्म न्यूयोर्कमा हुँदै आएको यो प्रतियोगिता यसपालि भने वासिङ्टन डीसीमा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले बताए। श्रेष्ठका अनुसार थुप्रै राम्रा नेपाली इभेन्ट गरिसकेका चन्द्र लामाको कम्पनी युए.सए इन्टरटेन्मेण्टले लोकल होस्ट बनेर यो प्रतियोगितामा सहकार्य गर्दैछ।

यसैगरी शैलेन्द्रका अनुसार फिनालेको लोकेशन परिवर्तन गरिएका कारण यस वर्षको कार्यक्रम पहिलेका कार्यक्रमभन्दा अथ पृथक् र भव्य हुने छ।  उनका अनुसार यसपालिको संस्करणमा नेपाली सिने क्षेत्रसहित अन्य क्षेत्रका चिरपरिचित सेलिब्रेटीहरूको समेत उल्लेखनीय उपस्थिति हुनेछ।

कार्यक्रमको फिनाले जुलाई २५ (साउन ९) गते हुनेछ। प्रतियोगितामा सहभागी हुन अमेरिका र क्यानेडा बस्ने १८ देखि २९ वर्ष उमेर समूहका, अविवाहित हुनुपर्ने मापदण्ड राखिएको  छ।

त्यस्तै न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक प्लस टु  वा सोसरह हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्नेछ। 'नेपाली महिलालाई सशक्त बनाउँदै, आउँदाे पुस्तालाई सशक्त बनाउने' भन्ने नारासहित यस वर्षको प्रतियोगिता हुँदैछ।

प्रकाशित: २६ चैत्र २०८२ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App