१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘नेवा मैचा-बौचा’ मा छानिए अनुसिया र निर्वेश

सांस्कृतिक पहिचान, भाषा, लिपि र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘नेवा मैचा बौचा नेपाल संवत् ११४६’ मा ‘नेवा मैचा’ तर्फ अनुसिया मानन्धर र ‘नेवा बौचा’ तर्फ निर्वेश श्रेष्ठले उपाधि जितेका छन्। 

निर्वेशले विधागततर्फको पर्सनालिटी अवार्ड पनि जिते। प्रतियोगितामा नेवा मैचातर्फ समाना महर्जन फस्ट रनरअपसहित मल्टिमिडिया विजेता बन्दा नेरिशा महर्जन सेकेन्ड रनर-अप भइन्। त्यस्तै नेवा बौचातर्फ अथर्व प्रधान फस्ट रनर-अप र अनम दर्शी वज्राचार्य सेकेन्ड रनर-अप घोषित भए।

प्रतियोगितामा मेधावी तुलाधरले अनुशासन, उन्नति बज्राचार्यले एक्टिभ, निभा महर्जनले शैक्षिक, जैज्बी यचु श्रेष्ठले बुद्धिमान, अकिला शाक्यले चित्रमय, सियोना मानन्धरले सहपाठ्यक्रम, उत्सव श्रेष्ठले उत्कृष्ट पोशाक, समृद्धि महर्जनले शैली आइकन, पुवा उर्जा तुलाधरले उत्कृष्ट मुस्कान, अभिषेक श्रेष्ठले आकर्षक, युवानी महर्जनले उत्कृष्ट नेपाल लिपि, ऐशना महर्जनले नेतृत्व, अर्दिता महर्जनले उत्कृष्ट संस्कृति, प्रसन्न महर्जनले प्रतिभा, सदिच्छा महर्जनले उत्कृष्ट नेपाल भाषा तथा आराग्या तुलाधरले इनोसेन्ट उपाधि प्राप्त गरे।

प्रतियोगितामा शिक्षाविद् रामेश्वर श्रेष्ठ, मोडल तथा नायिका सृष्टि महर्जन, गायक उजन शाक्य, न्यु जेनिथ इङ्लिस मोर्डन स्कुलका संस्थापक प्रिन्सिपल राजु महर्जन र रन्जना लिपि विज्ञ लालिमा श्रेष्ठ निर्णायक थिए।

प्रतियोगिताको फेसन कोरियोग्राफर रोहिया महर्जन, डान्स कोरियोग्राफर सितु महर्जन र डिनाज फेसन हाउसकी डिना गुरूङ ड्रेस डिजाइनर थिए।

कलाकार नारायदेवी प्रधान प्रमुख अतिथि रहेको प्रतियोगितामा सहभागी बालबालिकाले आफ्नो सांस्कृतिक ज्ञान, व्यक्तित्व, अनुशासन, प्रतिभा र प्रस्तुतीकरणका आधारमा प्रतिस्पर्धा गरेका थिए।

आयोजनाक कलस इभेन्टका कार्यकारी अध्यक्ष सञ्जय महर्जनले नेवार समुदायका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरिएको बताए। इभेन्टकी प्रबन्ध निर्देशक वर्षा महर्जनले प्रतियोगितालाई आउँदाे वर्षमा पनि निरन्तरता दिने बताइन्।

प्रकाशित: १७ मंसिर २०८२ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App