कवि ईश्वर थोकरले कवितामार्फत आफ्नी गुरुआमाप्रति सम्झेका छन्। उनले आफ्नी गुरुआमाप्रति समर्पण गरी १० औँ कृतिका रूपमा कवितासङ्ग्रह ‘अमृत्यश्वरी’ सार्वजनिक गरेका छन्।
बाल्यकालको संरक्षक र गुरुआमाप्रति समर्पण गरी कवि थोकरले लेखेका १४ कविता यस सङ्ग्रहमा समावेश छन्। सो पुस्तक अष्टमान थोकरले प्रकाशन गरेका हुन्।
‘तामाङ साहित्य पुरस्कार–२०७१’ द्वारा पुरस्कृत कवि थोकरका यसअघि पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४), सिरिया (कवितासङ्ग्रह, २०७५), वाला सुइटर (संस्मरणसङ्ग्रह, २०७५), ल्हुइला गोङमा (संस्मरणसङ्ग्रह, २०७६), लीला (शृङ्खला कवितासङ्ग्रह, सन् २०२१), प्रेमको आदिम गीत (संयुक्त कवितासङ्ग्रह, सन् २०२५), आमा (शृङ्खला कवितासङ्ग्रह,२०८२) प्रकाशित छन्।
अनुवाद र सम्पादनमा समेत सक्रिय कवि थोकरका ‘याङ्जी थोकर’ का बालकथाहरू (अनुवाद), राष्ट्रिय भाषाका गजलहरू (२०६७, सम्पादन) र चन्द्रमा: भाग–२ (२०८१, सम्पादन) पनि प्रकाशित छन्।
प्रकाशित: २० श्रावण २०८३ १३:१९ बुधबार





