१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

एलिना चौहानले तोडिन् मौनता : प्रताप दाससँगको सम्बन्धबारे खुलासा

गायिका एलिना चौहान कुनै न कुनै कारण चर्चामा रहने गरेकी छन्। यतिबेला सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी उनी गायनसँगै सामाजिक सञ्जालमा व्यक्त गरेका बयानलाई लिएर चर्चा र विवादमा रहने गरेकी छन्।

‘अमेरिका टुर’ मा चौहानसँगै बद्री पंगेनी, कला लम्साल र प्रताप दास पनि सँगै छन्। अमेरिकामा रहँदा उनीहरुले शोसँगै केही रमाइला पल पनि साझा गरिरहेका छन्। यसबीच सामाजिक सञ्जालमा प्रताप र एलिना जोडी भएको भन्दै प्रतिक्रिया आएको भन्दै उनले यसबारे जवाफ दिएकी छन्।

सामाजिक सञ्जालमा एक रमाइलो भिडियो राख्दै उनले लेखेकी छन्, ‘प्रताप दास मेरो दाइ हुनुहुन्छ, र हामीबिचको सम्बन्ध दाजु–बहिनीको माया र सम्मानमा आधारित छ कृपया अनावश्यक कपल कमेन्टहरु नगरी कलाकारिता र सम्बन्धको इज्जत गर्न सहयोग गर्नुहोला।’

प्रकाशित: १५ भाद्र २०८२ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App