१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

पशुपतिनाथ मन्दिरमा शिल्पा शेट्टी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले शनिबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा–आराधना गरेकी छन्।

शुक्रबार उनी सोल्टी होटलमा सुरु हुन लागेको ‘१३औँ ईएमएएस ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’मा सहभागी हुन शिल्पा नेपाल आएकी हुन्। उक्त कार्यक्रममा अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि आउने आयोजकको भनाइ छ। यस कार्यक्रममा मनिषा कोइराला पनि सहभागि हुने भएकी छन्।

उनको नेपाल आगमनले उक्त अन्तर्राष्ट्रिय कार्यक्रमलाई थप आकर्षण दिएको छ। शेट्टीको नेपाल भ्रमणलाई उनका प्रशंसकहरूले पनि विशेष चासोका लिरहेका छन्।

प्रकाशित: १६ श्रावण २०८३ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App