२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘अभिमन्यु’ दोस्रो हप्तामा, दर्शक हेर्न पाइएन भन्दै छन् सामाजिक सञ्जालमा

फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ। गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो।

दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन तर पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो  छ। त्यसैले ठाउँठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई सिनेमा हेर्न पाइएन, शो छैन, शो चाहियो भन्दै सामाजिक सञ्जालमा मेन्सन गरिरहेका छन्।

पब्लिक रिभ्यू र समीक्षकको रिभ्यु राम्रो आएपछि सिनेमा दर्शकले हेर्न खोजिरहेको तर नपाएपछि सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन्।

निर्माणपक्षले रिभ्यु राम्रो आउँदा र चलचित्र राम्रो छ भनेर सबैले भन्दा पनि अपेक्षाअनुसार शो नहुनु र धेरै दर्शक नहुनुले नयाँ काम र चुनौती किन मोल्ने भन्ने प्रश्न उब्जाएको बताएको छ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’ को क्रिएटिभ निर्देशक मदन थापा छन्। यस चलचित्रमा मुकेश खनालको लेखन छ।

चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेल लगायत कलाकार मुख्य भूमिकामा छन्।

‘अभिमन्यु: च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य छन्।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे र  सम्पादक रहेका छन्।

प्रकाशित: २५ मंसिर २०८२ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App