१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

दुर्गादेवी नेपाललाई ‘गोधूलि पुरस्कार’ पुरस्कार

विराटनगर निवासी ८५ वर्षीय साहित्यकार दुर्गादेवी नेपाललाई काठमाडौंमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो। उनलाई ताम्रपत्रसहित दस हजार रूपैयाँ राशिको सो पुरस्कार अर्पण गरिएको थियो।

गोधूलि साहित्य प्रतिष्ठानका कावा अध्यक्ष ललिता दोषीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्राडा उषा ठाकुरले लेखक नेपाललाई पुरस्कार प्रदान गरेकी थिइन्। दुर्गादेवी नेपाल दसौं वर्षदेखि विभिन्न रोगले ग्रस्त छिन्।

हाल उनी साहित्यकार छोरी इन्दिरा प्रसाईसँगै काठमाडौं बस्छिन्। विभिन्न रोगका कारण उनको बाह्र पटक शल्यक्रिया भइसकेको छ। स्कुलको ढोका नदेखे तापनि उनले ‘उनैको माया’ कवितासंग्रह र ‘बगेको खोला’ आत्मकथा लेखेकी छिन्।

प्रकाशित: २३ कार्तिक २०७९ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App