सामसङ नेपालले “Samsung Saving Days” अफर घोषणा गरेको छ, जसअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक बचत तथा मासिक किस्तामा सहज वित्तीय सुविधा उपलब्ध गराइएको छ । यो अफर बजेट धेरै नबढाई आवश्यक होम अप्लायन्सहरू अपग्रेड गर्न चाहने ग्राहकका लागि ल्याइएको हो । यो अभियान मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ, जसले ग्राहकहरूलाई गर्मीयाममा सहज रूपमा घरका आवश्यक उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ ।
यस अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका वाशिङ मेसिनमा २३% सम्म र रेफ्रिजरेटरमा १७% सम्म छुट पाउन सक्नेछन् । साथै, २४ महिनासम्मको Extended EMI सुविधा पनि उपलब्ध छ, जहाँ वाशिङ मेसिनको मासिक किस्ता रु १,३७० बाट र रेफ्रिजरेटरको मासिक किस्ता रु १,४०८ बाट सुरु हुनेछ । यसले मासिक किस्ताको भार कम हुने भएकाले घरको बजेटमा सहज रूपमा मिलाएर आवश्यक होम अप्लायन्सहरू अपग्रेड गर्न सजिलो बनाउनेछ ।
साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको EMI योजनामा उपकरणहरू खरिद गर्न सक्नेछन्, जसले फाइनान्स प्रक्रियालाई अझ सहज बनाउनेछ ।
नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले ArkoStore मार्फत वा नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरहरूबाट आफ्ना पुराना उपकरणहरू साटासाट (Exchange) गर्न सक्नेछन् ।
अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको आधिकारिक सामसङ स्टोरमा गई विस्तृत जानकारी लिन सक्नेछन् ।
प्रकाशित: ८ जेष्ठ २०८३ २१:४६ शुक्रबार





