९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

जग्गा अतिक्रम गरी बनाइएका संरचना टोलवासीले आफैँ हटाउने

इलाका प्रहरी कार्यालय तुलसीपुरको जग्गा अतिक्रमण गरी बनाइएका संरचना टोलवासीले आफैँ हटाउने भएका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा दर्ता श्रेस्ता भएको नक्सा नम्बर ५ (घ) कित्ता नम्बर २६८३ (ज)को १८६२.४६ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका संरचना स्थानीयले हटाउन लागेका हुन् । उनीहरुले १५ दिनभित्र आफै जग्गा खाली गर्ने बताएका छन् । 

टोल विकास संस्थाका अध्यक्ष पर्साराम वलीको अध्यक्षतामा  बसेको आजको बैठकले अतिक्रमित गरी बनाईएका घरटहराहरु घरधनी आफैले खाली गर्ने निर्णय गरेको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुलीका अनुसार उक्त जग्गामा नौ वटा घर निर्माण भएका छन् ।

प्रकाशित: ८ जेष्ठ २०८३ २१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App