२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पनौती चिनाउने अर्को पुस्तक निस्कँदै

साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको  संस्कृतिसम्बन्धी अर्को पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’ प्रकाशित हुने भएको छ।

पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो। पनौतीबारे जानकारी लिन चाहनेहरूका लागि ‘पनौती’ नामक उपयोगी पुस्तक लेखिसकेका लाकोजूले पुनः पनौतीसम्बन्धी पुस्तक लेखेका हुन्।

पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रद्धा, भक्ति र प्रेमको प्रतीक रहेको बताए। उनले एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताए। पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, ऐतिहासिक नाच आदिबारे जानकारी दिइएको लेखक लाकोजूले बताएका छन्।

लाकोजूका नेपाली साहित्यका विविध विधाका साढे दुई दर्जन जति साहित्यिक कृति प्रकाशित छन्। साथै त्यत्तिकै संख्यामा उनको सम्पादित कृति पनि छन्।

प्रकाशित: २४ भाद्र २०७९ ०५:११ शुक्रबार

अक्षर