१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

आमा बन्दै माल्भिका र झरना

काठमाडाैं-पूर्व मिस नेपाल माल्भिका सुब्बा र अभिनेत्री झरना वज्राचार्य आमा बन्दै छन् । दुवैले इन्स्टाग्राममार्फत आफू गर्भवती भएको तस्बिर पोस्ट गर्दै आमा बन्न लागेको जानकारी दिएका हुन् । माल्भिकाले रियाज श्रेष्ठसँग बिहे गरेको पाँच वर्षपछि मात्र अभिभावक बन्ने निर्णय गरेको समेत खुलाएकी छिन्।उनले आफ्नो पेटमा साढे पाँच महिनाको बच्चा रहेको जानकारी दिँदै श्रीमान्ले दुवै हातले उनको पेटमा छोएको तस्बिर पोस्ट गरेकी छिन् । त्यस्तै, भारतीय मूलका मलेसियन नागरिकसँग बिहे गरेकी झरनाले पनि आफ्नो परिवारमा नयाँ सदस्यको आगमन हुन लागेको भन्दै खुशी व्यक्त गरेकी छिन् । माल्भिका र झरना दुवैलाई यतिखेर उनका फ्यान र शुभचिन्तकले बधाइको ओइरो लगाएका छन् ।

प्रकाशित: ९ माघ २०७२ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App