५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

संसारकै प्यारी आमा

कविता

रविना नराल

धेरै पटक लडें आमा,तिमीलाई सम्झी उठ्छु फेरि,

चोटै पनि निको हुन्छ आमा, तिमी सामु हुँदाखेरि।

आमा शब्द कति मिठो, भगवानरूपी तिमी आएपछि,

सारा संसार भुल्छु म त सधैं, तिम्रो ममता पाएपछि।

सबै पीडा भुल्छु म त आमा, तिम्रो दर्शन पाएपछि,

हाँसीखुशी बाँचिराछु आमा, तिम्रो काखमा आएपछि।

सारा दुःखपीडा आफू सही, खुशी हामीलाई दिएपछि,

जीवन साँच्चै सार्थक भयो,तिम्रो आशिष लिएपछि।

मुस्कुराइरहिन् सधैं आमा, दुनियाँको माझ आएपछि,

छाती पिटिन कति रुन्थिन्, त्यो रुखो वचन पाएपछि।

सारै राम्री मेरी आमा, गुन्यू,चोली,पटुकी लाउँदाखेरि,

संसारकै भाग्यमानी छोरी लाग्छ,तिमीसामु आउँदाखेरि।

 औंसी मात्र होइन, खुशी मिल्छ तिम्रो साथ पाउँदाखेरि,

सबै पीडा भाग्छ प्यारी आमा, तिम्रो महिमा गाउँदाखेरि।

तिम्रो साथ पाए भने आमा,लड्छु म त आँधीबेरी,

धेरै पटक लडें आमा, तिमीलाई सम्झी उठ्छु फेरि।

प्रकाशित: २१ वैशाख २०७९ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App