१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

प्रदेशमा मिडिया नामक पुस्तक सार्वजनिक

सेन्टर फर मिडिया रिसर्च नेपालले प्रदेशमा मिडिया नामक पुस्तक सार्वजनिक गरेको छ। सेन्टरले काठमाडौमा एक कार्यक्रमका बीच सोमबार उक्त पुस्तक सार्वजनिक गरेको हो।

पुस्तकमा संघ र प्रदेशहरूमा रहेका मिडियाहरूको अवस्थालाई केलाइएको छ। पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक पी. खरेलले मिडियाको एकीकृत तथ्यांकले संघ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले मिडियाको बहुपक्षीय अध्ययनका लागि पनि सहयोग पुर्‍याउने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सही तथ्यांक विना समस्या पहिचान गर्न कठिन हुने धारणा व्यक्त गर्दै प्रदेश र स्थानीय तहमा मिडियाको नीति बनाउन सहयोग पुर्‍याउने बताए। उनले देश संघीयतामा प्रवेश गरेपनि मिडियामा त्यसको अनुभूमि हुन नसकेको बताए।

साथै उनले स्थानीय तहका सरकारले पत्रकारहरूलाई विभिन्न प्रलोभनमा पारेर आलोचनात्मक सामग्रीलाई नियन्त्रण गर्ने गरेको आरोप लगाए। यस्तै अवस्था रहेमा अबको १५/२० वर्षमा गुणगान गाउने पत्रकारिता मात्रै बाँकी रहने बताउँदै त्यसप्रति मिडिया जगत सचेत हुनुपर्ने बताए।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाको तथ्यांकमा एकरूपता नहुँदा बेलाबेलामा समस्या परेको उल्लेख गर्दै तथ्यांकमा त्यसका लागि डिजिटाइज सिस्टममा जानेबारे छलफल सुरु गरेको जानकारी दिए। सापकोटाले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांकलाई व्यवस्थित गर्नका लागि संघ र प्रदेशबीच समन्वय हुन जरुरी भएको बताए। उनले वाग्मती प्रदेशले मिडियाको विवरण राख्नका लागि अनलाइन प्रणालीको गृहकार्य गरिरहेको बताए।  

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले मिडियाको एकीकृत तथ्यांक र वर्तमान अवस्था बारे जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिँदै पुस्तकले मिडियाको व्यावहारिक तथा नीतिगत पक्षमा थप छलफल र अनुसन्धान गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरिन्। पुस्तकमा सूचना तथा प्रसारण विभागमा २०७८ साल फागुन पहिलो साता सम्म इजाजत लिएका रेडियो र टेलिभिजन एवं प्रेसकाउन्सिल नेपालमा अभिलेख भएका पत्रपत्रिका र अनलाइन समाचार माध्यमलाई आधार बनाएर प्रदेश र जिल्ला तहमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांक विश्लेषण गरिएको छ।  

पुस्तककामा उल्लेख गरिएको तथ्यांक अनुसार हाल नेपालमा आठ हजार नौ सय ५३ मिडिया रहेका छन्। जसमा चार हजार सात सय सय ८९ पत्रिका, आठ सय ८० एफएम रेडियो, एक सय ६४ टेलिभिजन र तीन हजार एक सय २० अनलाइन समाचार माध्यम रहेका छन्।

नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारहरूको संख्या १३ हजार ७७ छ। तथ्यांक अनुसार प्रदेशहरूमध्य वाग्मती प्रदेशमा सबैभन्दा धेरै मिडिया र पत्रकार रहेका छन्। वाग्मती प्रदेशमा ५ हजार ५१ मिडिया रहेका छन् भने पत्रकारको संख्या ५ हजार ७ सय ७६ रहेको छ।

प्रकाशित: २० वैशाख २०७९ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App