४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

विवाहको ५ वर्षपछि छोराको आमा बनिन् भारती सिंह

भारतीय हास्य कलाकार भारती सिंह विवाहको ५ वर्षपछि आमा बनेकी छिन्। आइतबार (३ अप्रिल) मा उनले छोरालाई जन्म दिएकी छिन्। भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै फ्यानलाई यो खुसीको खबर दिएका हुन्।

हर्षले भारतीसँगको निकै सुन्दर तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो छोरा हो। त्यसयता भारती आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्।

हर्षको यो पोस्टपछि फ्यानदेखि लिएर सेलिब्रेटीसम्मले पनि जोडीलाई बधाई दिइरहेका छन्।

२०१७ मा भारतीको विवाह लेखक हर्ष लिम्बाचियासँग भएको थियो। उनी हर्षभन्दा ७ वर्ष जेठी छिन्। करिब ७ वर्ष डेटिङ गरेपछि यी दुईले एकअर्कालाई जीवनसाथी रोजेका थिए। हर्षले ुपीएम नरेंद्र मोदी बायोपिकु को डाइलगहरू लेखेका थिए। यसका अलावा उनले फिल्म ‘मलंग’को टाइटल ट्र्याक पनि लेखेका थिए।

प्रकाशित: २० चैत्र २०७८ १५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App