७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

अभिनेता शाहरुख खानका छोरा आर्यन ड्रग्स पार्टीबाट पक्राउ

भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले शनिबार पक्राउ गरेको छ। ब्युरोले मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा एक ड्रग्स पार्टीमा छापा मारेर आर्यनसहित ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महिलाहरु पनि भएको एनसीबीले जनाएको छ।  

आर्यनलाई पक्राउ गरि चार घन्टाको सोधपुछपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।  

उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको ब्युरोका अधिकारीहरुले बताएका छन्।

प्रकाशित: १७ आश्विन २०७८ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App